सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिति २०८२/०५/१९ गते “ सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना ” नामक सूचना जारी गर्दै “ सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ” बमोजिम तोकिएको समय सिमा भित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई उक्त सूचनाले नै जानकारी गराएको थियो । त्यस सूचनामा उल्लेख गरिएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०को दोश्रो अनुच्छेदमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्देशिका बनाएको छ भनी उल्लेखित छ । उक्त विद्युतीय कारोबार ऐन, २०६३को दफा ७९ हेर्ने हो भने त्यसमा “ यस ऐनको उद्देश्य पूर्ति गर्नको लागि नेपाल सरकारले यो ऐन तथा यस ऐन अन्तर्गत बनेका नियमहरुको अधिनमा रही आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ ” भनी उल्लेख गरिएको छ । जसको आ...
Saugat Raj Timilsina
Official Blog of Saugat Raj Timilsina | सौगातराज तिमिल्सिना